काठमाडौं, मंसिर १६ – काठमाडौं उपत्यकामा थप ५३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २४० महिला र २९० पुरुष गरी ५३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १३ सय ४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरै थपिएका १३ सय ४ सहित संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ।
FACEBOOK COMMENTS