काठमाडौं, पुष ३ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा १२१ महिला र १६६ जना पुरुष रहेका छन् ।
काठमाडौंमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना नयाँ संक्रमित थपिएका हुन् । शुक्रबार देशभर ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा २ लाख ५२ हजार ४७४ जनामा कोरोना संक्रमण देखिएको छ ।
FACEBOOK COMMENTS