काठमाडौं, पुस ५ – पछिल्लो २४ घण्टामा काठमाडौं १०० महिला र १३८ पुरुष गरी २३८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १८ हजार १११ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७९ , ललितपुरमा ३३ र भक्तपुरमा २६ जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
FACEBOOK COMMENTS