काठमाडौं, जेठ १० – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ७८५ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ८०६, भक्तपुरमा २९८ र ललितपुरमा ६८१ जनामा संक्रमण पुष्टि भएको छ ।
आज सोमबार देशभर ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको भने १८५ जनाले ज्यान गुमाएका छन् ।
FACEBOOK COMMENTS