काठमाडौँ, श्रावण २२ – काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना पुष्टि भएको छ। २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा ८७ जनामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ७६, भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालमा २४ घण्टाको अवधिमा ३६० जना कोरोना संक्रमित थपिएका छन्। हाल देशभर संख्या २१ हजार ७५० पुगेको छ।
FACEBOOK COMMENTS