काठमाडौं, कार्तिक २७ – यातायात व्यवस्था विभागले काठमाडौं उपत्यका बाहिरबाट उपत्यका भित्रने सवारी साधनलाई धोएरमात्रै भित्रिन दिन धुलाई केन्द्र (वास सेन्टर) सञ्चालन गर्ने योजना बनाएको छ।
काठमाडौँ उपत्यकामा सवारी साधनले भित्र्याउने प्रदूषण कम गर्न धोएर मात्रै भित्र्याउनका लागि केन्द्र सञ्चालनको योजना बनाइएको हो।
यस आर्थिक वर्षको बजेटमा समावेश नगरिएको भएपनि विभागले केन्द्र सञ्चालनका लागि छलफल गरिरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए। उनका अनुसार गत आवमा सरकारको नीति तथा कार्यक्रम र बजेट दुवैमा केन्द्र सञ्चालनको विषय समावेश थियो।
उनले भने, ‘गत आवमा दुई करोड रुपैयाँ छुट्याइएको भएपनि हामीले खर्च गर्न सकेका थिएनौँ।’
FACEBOOK COMMENTS