काठमाडौं, जेठ ३० – कोरोना भाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । कोरोनाको महामारी अझै उल्लेख्य नघटेको भन्दै तीन जिल्लाका सीडीओले निषेधाज्ञा थप गर्ने निर्णय लिएका हुन् ।
भाइरस संक्रमण उल्लेखनिय नघटेको निष्कर्ष निकाल्दै बैठकले कृषि र निर्माण क्षेत्रमा केही खुकुलो हुने गरि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म रहने छ ।
‘संक्रमण पनि नघटेको र खेतीपातीको सिजन पनि सुरु भएकाले यो परिस्थितीलाई ध्यानमा राख्दै निषेधाज्ञा थप्ने निर्णय गरेका छौं’ भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले भने, ‘संक्रमण दर ३० प्रतिशत तल नघटेकाले निषेधाज्ञा थप्ने निर्णय भएको हो ।
बैठकले खाद्य तथा किराना पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । होटल तथा रेष्टुरेन्टहरुले टेक-अवे सेवा दिन पाउनेछन् भने होम डेलिभरी सेवा पनि पाइनेछ । इलेक्ट्रिक र हार्डवेयर पसल बेलुका ४ बजेपछि खुल्न पाउने भएका छन् ।
आदेशको पूर्ण विवरण पढ्नुहोस्–
FACEBOOK COMMENTS