काठमाडौं, वैशाख ७ – देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ७३६ जना संक्रमित थपिँदा काठमाडौं उपत्यका मात्रै ६९० जना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५० जना, ललितपुरमा १०५ जना र भक्तपुरमा ३५ जना नयाँ संक्रमित थपिएका हुन् ।
केन्द्रीय राजधानी समेत रहेको बागमती प्रदेशमा कुल ७७५ जना संक्रमित थपिँदा सोही प्रदेशअन्तर्गतको काठमाडौं उपत्यकामा मात्रै उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार बागमती प्रदेशका अन्य जिल्लाहरु काभ्रेपलाञ्चोकमा ८ जना, चितवनमा ४६ जना, धादिङमा ३ जना, नुवाकोट, रसुवा र रामेछापमा १/१ जना तथा मकवानपुरमा २३ जना संक्रमित थप भएका छन् ।
FACEBOOK COMMENTS