काठमाडौं,चैत २७ -सरकारले घोषणा गरेको लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरु शुक्रबार र शनिबार उपत्यका बाहिर जान पाउने भएका छन् ।
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री एवम् कोरोनाभइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको बैठकले शुक्रबार र शनिबार गरी दुई दिन काठमाडौंबाट बाहिर जान दिने निर्णय गरेको हो ।
उपत्यकाबाट बाहिरिन चाहनेलाई सुरक्षा निकायको स्कर्टिङमा पठाइनेछ ।
११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेपछि सकारले यस्तो निर्णय गरेको बताइएको छ ।
चैत ११ मा लगाएको लकडाउन सरकारले तीन पटक बढाइसकेको छ भने अझै केही पटक लम्बिन सक्ने संभावना देखिएको छ ।
FACEBOOK COMMENTS