काठमाडौं, जेठ २७ – बिहीबार देशभर कोरोना भाइरसका ३ हजार ७४९ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा ५४० जनासहित बागमती प्रदेशमा १ हजार २४१ जना संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ५४० जना, ललितपुरमा १२५ जना र भक्तपुरमा ९९ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै बिहीबार काभ्रेपलाञ्चोकमा ५९, चितवनमा ७२, दोलखामा ३९, धादिङमा ६२, नुवाकोटमा ७६, मकवानपुरमा ४४, रसुवामा ३७, रामेछापमा ७ जना, सिन्धुपाल्चोकमा ३८ र सिन्धुलीमा ४३ जना संक्रमित थपिएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर ९ हजार ९०१ जनाको आरटी–पीसीआर गर्दा २,८७४ जना र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जना गरी आज ३ हजार ३३७ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख १ हजार ६७ जना पुगेको छ ।
FACEBOOK COMMENTS