काठमाडौं, जेठ २२ – शनिबार देशभर कोरोना भाइरसका ५ हजार ४२ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा ९३७ जनासहित बागमती प्रदेशमा १ हजार ३३८ जना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ७२३ जना, ललितपुरमा १४१ जना र भक्तपुरमा ७३ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै शनिबार काभ्रेपलाञ्चोकमा १७, चितवनमा ८९, दोलखामा ३५, धादिङमा ५२, नुवाकोटमा ४७, मकवानपुरमा ३८, रसुवामा १, रामेछापमा ७२ जना, सिन्धुपाल्चोकमा २२ र सिन्धुलीमा २८ जना संक्रमित थपिएका छन् ।
FACEBOOK COMMENTS