काठमाडौं, पुस २ – काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ । पुस महिना शुरु भएसँगै उच्च हिमाली जिल्लाहरूमा तापक्रम माइनसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुम्ला, जिरी, जोमसोम लगायतका ठाउँमा तापक्रम माइनसमा झरेको छ । जुम्लामा सबैभन्दा कम तापक्रम माइनस ७ दशमलव १ डिग्रीमा झरेको थियो ।
बिहीबार काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ । मंगलबार काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री रहेको थियो । पूर्वी तथा पश्चिमी नेपालको तराई भू–भागमा हुस्सु–कुहिरो लागेको छ । दिउँसो प्रदेश नम्बर १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेकाले बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।
FACEBOOK COMMENTS