काठमाडौं, पुस १८ – हाल देशभर पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको छ । देशका धेरै जस्तो स्थानमा मौसम बदली रहेको छ ।
आज काठमाडौं उपत्यकाको आकाश विहान देखि कुहिरोले ढाकेको छ भने अहिले कुनै कुनै स्थानमा बर्षा पनि भइरहेको छ । आज काठमाडौं उपत्यकामा घाम लाग्ने संभावना नरहेको मौसमविदले जनाएका छन् ।
अहिले सुर्खेत, रुपन्देही, कपिलवस्तु, दाङ, बैतडी, अछाम, दैलेख, रुकुम, बर्दिया, प्यूठान, नवलपरासी, अर्घाखाँची, बाग्लुङ लगायत पश्चिमका धेरै ठाउँमा पानी परिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । यस्तो अवस्था शनिबार र आइतबार पनि जारी रहने छ । यद्यपि शनिबारबाट भने मौसममा क्रमिक सुधार हुने मौसमविद बताएका छन् ।
त्यसै गरी कर्णाली प्रदेशमा वर्षासँगै भारी हिमपात भएको छ । हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ ।
बुधबारदेखि चिसो बढ्दै गएपछि बिहीबार बुेलुकाबाट हिमपात भएको हो । हिमपातले हिमाली जनजीवन निकै कष्टकर बन्दै गएको छ । हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षा र यहाँको रानीमत्ता लेकमा हिमपात भइरहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १८ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
पौष १९ गते (शनिबार)
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक रदुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
पौष २० गते (आइतबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक रदुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक रदुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
FACEBOOK COMMENTS