काठमाडौँ — काठमाडौं उपत्यका क्षेत्रमा निर्माण हुने नयाँ सहरको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको छ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाको काँठका चार स्थानको एक लाख ३० हजार रोपनी क्षेत्रफलमा नयाँ सहर निर्माण गर्न लागेको हो।
प्राधिकरणका सहरी योजना विद् भागवत खोखालीले चार स्थानमध्ये तीन स्थानको पूर्वसम्भाव्यता प्रतिवेदन तयार भएको जानकारी दिए।
प्राधिकरणले उपत्यकाका तीन जिल्लाका काँठमा एकीकृत बस्ती विकास गर्न नयाँ सहरको अवधारणा ल्याएको हो।
काठमाडौं र भक्तपुर समेटेर एक लाख रोपनी, काठमाडौं १० हजार रोपनी, ललितपुर १० हजार रोपनी र भक्तपुर १० हजार रोपनी जग्गा पुलिङ गरिनेछ।
‘काठमाडौं जिल्लाको १० हजार रोपनीबाहेक अन्य तीन स्थानको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार भइसकेको छ ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS