काठमाडौं, जेठ ९ – पछिल्लो २४ घण्टाभित्र काठमाडौं उपत्यकामा २ हजार ८२१ जना नयाँ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा १ हजार ७६१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ ।
देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
कोरोना संक्रमणबाट आज १९३ जनाको मृत्यु, ७ हजार ९१४ जना संक्रमित थपिए
FACEBOOK COMMENTS