काठमाडौं, चैत १३ – विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ को संक्रमणलाई महानगर क्षेत्रभित्र फैलिन नदिन काठमाडौं महानगरपालिकाले किटनाशक औषधि छर्कन थालेको छ । कोरोनाको प्रकोप फैलिन नदिन किटनाशक औषधि छर्कन थालिएको जानकारी काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दिए।
‘काठमाडौं महानगपालिकाले बुधबार सोल्टीमोड कालीमाटी तरकारी बजार क्षेत्र, बढी भिडभाड हुने क्षेत्र वीर अस्पताल, असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल लगायतका स्थानमा किटनाशक औषधि छर्किएको छ।
FACEBOOK COMMENTS