काठमाडौं, १७ कार्तिक – काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पिसिआर मेसिन हस्तान्तरण गरेको छ ।
काठमाडौं महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित चीनको नानजिङ सहरले दिएका दुईमध्ये एक थान पीसिआर मेसिन कान्ति बाल अस्पताललाई आज हस्तान्तरण गरेको हो ।
करिब रु. १६ लाख पर्ने सो मेसिन हस्तान्तरणपछि सम्वोधन गर्दै नगरप्रमुख शाक्यले जति सक्दो छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह गरे ।
FACEBOOK COMMENTS