काठमाडौं, मंसिर ८ – काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) फेरिएका छन् । गृह मन्त्रालयले काठमाडौं र भक्तपुरका सिडियो परिवर्तन गरेको हो ।
काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा काली पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई गएका छन् । काठमाडौंका नयाँ सीडीओ पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए भने भक्तपुरका सीडीओ भट्टराई धनुषामा प्रमुख जिल्ला अधिकारी थिए । धनुषामा बन्धु बाँस्तोलालाई पठाइएको छ ।
काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ ।
FACEBOOK COMMENTS