काठमाडौं, चैत ४ – ललितपुरका केही क्षेत्रहरुमा मङ्गलबार, बिहीबार र शनिबार आठ घण्टा बत्ती जाने भएको छ ।
नेपाल विद्युत प्रधिकरणमा अनुसार पुल्चोक वितरण केन्द्रको पाटन फर्पिगं फिडरबाट वितरीत ११ के भी लाइन अपग्रेडिगं कार्य गर्नुपर्ने भएकोले ४, ६ र ८ गते विहान १० बजेबाट साँझ ६ बजेसम्म सट डाउन हुने भएको हो ।
उक्त फिडर अन्तर्गत चुनिखेल, छम्पि, सल्यानटार, इटाहिटी, कामीडाडा, टिकाभैरव, देविचौर, बुरुंगचुली एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रमा विद्युत आपुर्ती नहुने प्रधिकरणले जनाएको छ।
प्राधिकरणको अनुसार कार्य निर्धारित समय अगाडि नै सम्पन्न भएमा उक्त समय भन्दा अगावै लाइन सुचारु हुनेछ ।
त्यसै गरी काठमाडौंका केही ठाउँमा मङ्गलबारदेखि शुक्रबारसम्म दैनिक सात घण्टा बत्ती जाने भएको छ ।
जोरपाटी वितरण केन्द्रको गोठाटार फिटर स्तरोन्नति गर्नुपर्ने भएकाले फोर्स पार्क, वीरेन्द्र चोक, गान्धी मोड, हात्ती डाँडा र विमानस्थाल आसपास बिहान ९ देखि दिउँसो ४ बजेसम्म लाइन काट्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।
FACEBOOK COMMENTS