नेपाल ट्रष्टको कार्यालयले काठमाडौं प्लाजाको भवन एक साताभित्र खाली गरी हस्तान्तरण गरिदिन भन्दै पुनः सूचना जारी गरेको छ ।
यसअघि पनि भवन खाली गर्न नेपाल ट्रष्टको कार्यालयले पटक पटक सूचना जारी गर्दै आएको छ । तर, कन्सेप्ट डेभलपर्सले भवन खाली गरेर हस्तान्तरण गरेको छैन । अब भने कार्यालयले ७ दिनभित्रै भवन खाली नगरे कानुनी प्रक्रियाबाट अघि बढ्ने चेतावनी ट्रस्टले दिएको छ ।
पुरानो सम्झौता २०७७ असार ३ गते नै सकिएपनि भवन आफैंले भाडामा पाउनुपर्ने भन्दै कन्सेप्ट डेभलपर्सले सर्वोच्चमा मुद्दा दर्ता गराएको थियो ।
५ रोपनी २ दाम क्षेत्रफलको जग्गा कन्सेप्ट डेभलपर्सलाई दिने गरी २०५० असार ३ गते सम्झौता भएको थियो । उक्त जग्गा भाडामा दिने काम तत्कालीन राजदरबारले गरेको थियो । तर, पछि राजा वीरेन्द्र र रानी ऐश्वर्याको
निधनपछि सो जग्गा नेपाल ट्रष्टमा आयो । नेपाल ट्रष्टको नाममा जग्गा आएसँगै २०६६ पुस २३ गते पुनः लिज सम्झौता नवीकरण भएको थियो ।
FACEBOOK COMMENTS