काठमाण्डौं– २०६२ साला देखि सञ्चालनमा आएको काठमाण्डौं मल उचित कार्यविधि नहुँदा सधै विवाद बन्दै आएको छ ।
मलमा व्यवसाय गर्दै आएका व्यापारी विचौलियाका कारण आफ्नो सम्पत्ति गुमाउनु परेको गुनासो गर्दै आएका छन् ।
व्यवसायी शडकमा आउने तर विचौलियाहरुले करोडौ कमाएको काठमाण्डौ मलका व्यवसायीले बताउँदै आएका छन् ।
काठमाण्डौंको ब्यवसायीक केन्द्र काठमाण्डौ मल गुन्डाहरुको अखडामा रुपान्तराण हुँदै गएको छ ।
काठमाण्डौंमलको ठेक्का लिएका राजु गोरखालीलाई सञ्चयकोषले हटाइ साँचो आफुले लिएको छ ।
सञ्चालनको जिम्मा सञ्चयकोषले लिए पछि पनि विभिन्न विचौलियको कारण मलका व्यापारीले दुख पाएको गुनासो उद्योग वाणिज्य महासंघमा गरेका थिए ।
काठमाण्डौं मलमा व्यवसायीले दुःख पाएका गुनासो पछि नेपाल उद्योग वाणिज्य महासंघ माताहत उद्योग वाणिज्य संघ काठमाण्डौले चासो देखाएको छ ।
उद्योग वाणिज्य संघ काठमाण्डौले संघका कोषध्यक्ष तथा काठमाण्डौ मलका व्यवसायी सुष्म महराको नेतृत्वमा १४ सदस्यीय समन्वय समिती गठन गर्यो ।
समन्वय समितिले व्यवसायीलाई ढुक्क संग व्यापार गर्न दिनको लगि कार्मचारी सञ्चयकोषलाई ९ बुँदे माग सहित अपिल गरेको छ ।
समितिले व्यवसायी लुट्ने विचौलिया नभई कर्मचारी सञ्चय कोष व्यवस्थापन लिन आउनु पर्ने अडान लिएको छ ।
यसैबीचमा काठमाण्डौं मल व्यवसाय समितीको नाममा प्रकाशित विज्ञप्ती प्रति समन्य समितिको गम्भीर ध्यानकर्षण भएको जनाएको छ । समन्वय समितिले काठमाण्डौ मलका व्यवसायी र कर्मचारीको हकहितमा काम हुन थाले पछि कथित व्यवसाय समितिको नाममा चलखेल गर्न खोजिएको आरोप लगाएको छ । समन्वय समितले यसबाट सचेत रहन सबै व्यवसायीलाई अनुरोध गरेको छ ।
समन्वय समितले ध्यानाकर्षपत्रमा उल्लेख गरेको छ ‘व्यवसायीलाई अप्ठारो पर्दा लुक्ने, कहिल्यै व्यवसायीलाई विश्वासमा नलिने तर आफूलाई अध्यक्षका रुपमा प्रस्तुत गर्ने व्यक्तिले थमिलो पानीमा माछा मार्ने उद्देश्यले चलखेल गरेको देखीन्छ ।’
पत्रमा ‘विगत १० वर्षदेखी सिमितिको अध्यक्ष बताइरहेको तर व्यवसायीको विश्वासको मत नलिइएका ती व्यक्ति काठमाण्डौंमलमा थिति बसाउन खोज्दा किन तर्सिरहेका छन ?’ भन्ने गरेको छ । व्यवसायीहरुले बुझ्नु पर्ने भन्दै ‘मलका विषयमा विगतमा भएको गल्ती हामीलाई कदापि मान्य हुनेछैन, त्यो नदोहेरीन दिनको लागि हामी निरन्तर संघर्ष गरिरहेका छौं।’
समन्व्य समितिले पहिला व्यवसायी समितिले मल सञ्चालन गर्दा अनियमितता गरेको उजुरी सम्बन्धीत निकायमा दिएको जनाएको छ । व्यवसायी समितिले व्यवसायीबाट प्रतिमहिना एक करोड २७ लाख उठाउने र सञ्चयकोषलाई ८० लाख रुपैयाँ मात्रै बुझाउने गरेको आरोप लगाएको छ । झन्डै ५० लाख रुपैयाँ हरेक महिना अनियमितता गर्न पल्कीएको व्यवसाय समिति फेरी जुर्माराएको समन्वय समितिको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
FACEBOOK COMMENTS