काठमाडौं– काठमाडौंको व्यापारिक केन्द्र काठमाडौं मलको चाबी सञ्चयकोषले लगेको छ ।
यसअघि कर्मचारी सञ्चयकोषले काठमाडौं मलको ठेक्का राजु गोरखालीलाई दिएको थियो ।
कोष र ठेक्का लिनेबीच विभिन्न समय कुराकानी नमिल्दा यसको प्रत्यक्ष मारमा व्यापारीहरु पर्दै आएका थिए ।
दुई वर्षअघिसम्म महलकै व्यवसायीहरुको व्यापार समिति बनाएर ९८ लाख रुपैयाँ भाडामा मल चलाइँदै आएको थियो । दुई वर्षअघि सूर्य इन्भेष्टमेन्टलाई २ करोड ७० लाख रुपैयाँमा ठेक्का दिइएको थियो ।
सझौताअनुसार भाडा दिन नसक्ने बताए पछि कोषले काठमाडौं मल भवन खाली गर्न ठेक्का लिने शिवलक्ष्मी कोजुको नाममा मंगलबार सूचना जारी गरेको थियो बुधबार राजु गोरखालीले काठमाण्डौ मलको साचो सञ्चयकोषलाई बुझाएको हो ।
सञ्चयकोषका प्रशासक तुल्सी प्रसाद गौतमले काठमाण्डौ मलका व्यवसायी संग मिलेर काम गर्ने बताएका छन् । गौतमले काठमाण्डौ मलका व्यापारी प्रतिनिधी संग कुरा गर्दै आजकै दिन देखी सञ्चयकोष बाहेक अरु संग कारोबार नर्गन मलका व्यापारी तथा कर्मचारीलाई अनुरोध गरेको छ ।
विभिन्न व्यवसाय चलाइरहेका काठमाण्डौ मलमा झण्डै ३ सय व्यपारी छन् ।
FACEBOOK COMMENTS