असोज १५, काठमाडौं । नेपालमा सञ्चालित रुग्ण जलविद्युत आयोजनाहरुले आउँदो कात्तिक १ गते सरकारलाई आयोजनाको साँचो बुझाउने घोषणा गरेका छन् । अनेकौं समस्या र व्यवधानहरुका कारण लामो समयदेखि घाटामा सञ्चालन भइरहेका उद्योगहरुले झेलिरहेका समस्याको बारेमा पटक–पटक सम्बन्धित निकायमा जानकारी गराउँदा पनि कुनै निकायले चासो नदेखाएको उनीहरुको भनाइ छ ।
सधैं घाटामा आयोजना सञ्चालन हुन नसक्ने भन्दै उनीहरुले असोज मसान्तसम्ममा रुग्ण आयोजनाका समस्या समाधानमा सम्बन्धित निकायले आवश्यक कदम नचाले कात्तिक १ गते सरकारलाई आयोजनाको साँचो बुझाउने बताएका छन् ।
FACEBOOK COMMENTS