काठमाडौं, चैत ११ – पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रको श्रमिक नेपाल ट्रेकिङ, ट्राभल्स, -याफ्टिङ, एयरलाइन्स, संस्कृति, पुरातात्विक, कार्गाे, कुरियर श्रमिक युनियन(युनिट्राभ) को एक प्रतिनिधिमण्डलले पर्यटनमन्त्री भानुभक्त ढकाललाई १७ बुँदे ज्ञापनपत्र बुझाएको छ । कोरोना महामारीपछि अस्तव्यस्त बनेको पर्यटन क्षेत्रमा श्रमिकको उत्थानलाई जोड दिँदै युनिट्राभले मंगलबार ज्ञापनपत्र बुझाएको हो ।
पर्यटन क्षेत्रमा गर्नुपर्ने सुधार र श्रमिकको जीवन रक्षाको माग गर्दै विभिन्न १७ बुँदामार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएको युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए । सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सूचीकृत गर्नुपर्ने, पर्यटन श्रमिकको ज्याला तथा पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्नुपर्ने, कानुन नमान्ने कम्पनीलाई कारबाही गरिनुपर्ने, पर्यटक आफूखुसी पदमार्गमा जाने एफ आइटी टिम्स बन्द गर्नुपर्ने लगायतका माग श्रमिकहरूको छ ।
FACEBOOK COMMENTS