वीरगञ्ज – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले राजनीतिक परिवर्तनमा सहकार्य गर्दैआएको निजीक्षेत्रप्रति सरकारले सधैं वक्रदृष्टि राखेको बताएका छन् ।
केन्द्रमा दुई तिहाइ बहुमतको सरकार, प्रदेश र स्थानीय सरकारमा एकै राजनीतिक शक्तिको बोलाबाला भएर पनि स्थायित्वको अनुभूति हुन नसकेको उनको गुनासो छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघको ४३औं वार्षिक साधारणसभालई सम्बोधन गर्दै सरकारले लगानी आकर्षणलाई मुख्य प्राथमिकतामा राखिएको भन्दै अए पनि कानूनी पूर्वाधारको अभावमा उद्योग–व्यापार असहज बन्दै गएको उनले बताए ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले आर्थिक समृद्धिका लागि निजीक्षेत्रले पनि नीति र कार्यविधि बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।
समृद्धिको महाअभियानमा निजीक्षेत्रको रचनात्मक भूमिका आवश्यक पर्ने बताएका हुन् ।
विगतको राज्य व्यवस्था र शासकीय शैलीका कारण वीरगञ्जको विकास र यहाँको निजीक्षेत्रमाथि विभेद भएको भन्दै मन्त्री थापाले वर्तमान सरकार निजीक्षेत्रमैत्री वातावरण निर्माणमा लागिपरेको स्पष्ट पारे ।
उनले वर्तमान सरकार राजनीतिक परिवर्तनलाई समृद्धिमा रूपान्तरण गर्न सक्रिय भएको भन्दै उनले अब निजीक्षेत्रले सरकारसँग विगतको जसरी गुनासो गर्ने अवस्थाको अन्त्य हुने दाबी गरे ।
विरगंज वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले श्रम, सामाजिक सुरक्षा, उपभोक्ता संरक्षण, औद्योगिक व्यवसाय ऐन लगायत कानूनी व्यवस्थाहरूले निजीक्षेत्रमा सकारात्मक सन्देश नगएको बताए । यस्ता प्रावधानले नयाँ लगानी नआउने भन्दै उनले भइरहेको लगानीसमेत समस्यामा पर्ने दाबी गरे ।
FACEBOOK COMMENTS