काठमाडौँ — कान्ति बाल अस्पतालमा उपचाररत एक बालिकामा कोरोना संक्रमण देखिएको छ । अस्पतालका निर्देशक डा।कृष्ण पौडेलले १३ महिने बालिकामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको जानकारी कान्तिपुरलाई दिए ।
उनका अनुसार ती बालिका उदयपुर जिल्लाका हुन् । उनलाई असार १४ गते अस्पताल भर्ना गरिएको थियो । बालिकामा रक्तअल्पता र ज्वरोको समस्या थियो ।
डा। पौडेलेका अनुसार कान्तिमा कोरोना पुष्टि भएको पहिलो पल्ट हो । कोरोना पुष्टिपश्चात बालिकालाई शुक्रबार नै बलम्बुस्थित कोभिसशस्त्र प्रहरी अस्पतालमा सारिएको छ ।
शिशुको उपचारमा संलग्न १६ स्वास्थ्यकर्मी र ५ जना बालबालिकाहरुको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको डा पौडेलले जानकारी दिए । हालसम्म कान्ति अस्पतालमा १९६ जनाको पीसीआर परीक्षणको लागि नमुना संकलन गरिएको छ ।
FACEBOOK COMMENTS