काठमाडौँ, ४ जेष्ठ – काभ्रेमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार मृत्यु हुनेहरुमा बनेपा नगरपालिकाका ७० र ७६ वर्षिय पुरुष, भक्तपुरका ६६ वर्षिय पुरुष, पनौतीका ७० वर्षिय महिला, धुलिखेलका ६३ वर्षिया महिला र धार्दि का ४८ वर्षिया महिला रहेका छन् ।
यससँगै काभ्रेमा हालसम्म मृत्यु हुनेहरुको संख्या १२९ पुगेको छ। उनीहरु मध्ये ८८ जना काभ्रेका रहेका छन् भने ४१ जना अन्य जिल्लाका हुन्।
आज चौंरीदेउरालीका ६ जना, बनेपा नगरपालिकामा ४३ जना, धुलिखेलका ७१, नमोबुद्धका ९, पाँचखालका १, तेमालका १ पुरुष, पनौतीका ११, रोशी गाउँपालिकामा ३ पुरुष, बेथानचोक, खानीखोला, चौरीदेउरालीमा एक/एक, महाभारतमा २ र मण्डनदेउपुरमा २ नयाँ संक्रमित थपिएका छन्।
अब काभ्रेमा संक्रमित संख्या ६ हजार ३८ पुगेको छ। सक्रिय संक्रमितको संख्या १ हजार ९३८ पुगेको छ। आज जिल्लामा १८८ जना निको भएका छन्।
FACEBOOK COMMENTS