काठमाडौं,चैत २७ – विश्वभर फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र नै थला परेको अवस्थामा हङकङ सरकारले कामदारको ६ महिनासम्म तलब ब्योहोरी दिने भएको छ।
कोरोना भाइरस महामारीका कारण व्यवसाय सञ्चालन गर्न र कामदारलाई तलब दिन नसक्ने अवस्थामा पुगेका व्यवसाय सञ्चालकलाई यस निर्यणले केहि मात्रामा भएपनि राहत दिएको छ ।
सरकारले बुधवार महामारीविरुद्ध दोस्रो चरणको १३७ बिलियन डलरको राहत कोषको घोषणा गरेको छ।
यस कोषअन्तर्गत सरकारले छ महिनासम्मको लागि प्रतिमहिना तलवको ५० प्रतिशत कामदारर कर्मचारीको तलब व्योहोरि दिने भएको छ। सरकारले ९ हजार डलरसम्म कामदारको तलब व्योहोरि दिने भएको छ। यहाँ सरदर १८ हजार तलब कायम गरिएको छ।
त्यस्तै स्वरोजगार भएका व्यक्तिको लागि एकमुष्ट रकम उपलव्ध गराइने छ। यसका लागि रोजगार सहायता योजनाले जुनमहिनाको शुरुदेखि आवेदनहरू लिएर र जुनको अन्त्यमा दुई किस्ता गरी वितरण गरिने भएको छ।
FACEBOOK COMMENTS