काठमाडौं, असोज १४ – कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबीच व्यावसायिक सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । यो सम्झौतापछि बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पालना गरी अजिराबाट सिफारिस भइ आएका ग्राहकहरुलाई बैंकले सरल तरिकाबाट आफ्ना १२४ वटै शाखाबाट घर कर्र्र्जा प्रदान गर्ने भएको छ ।
यसबाट ‘आफ्नै व्यक्तिगत घर होस’ भन्ने सपना बोकेका ग्राहकको अभिलासा पुरा गर्न सहज हुने कुरामा आफू विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । यस समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अजिरा बिल्डर्स एण्ड कन्ट्रयाक्टर्सका प्रबन्ध निर्देशक अनुप ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS