काठमाण्डौँ — कामना सेवा विकास बैंक र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान(प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकको दावी छ।
सम्झौता पत्रमा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरे ।
सम्झौतापश्चात बैंकका सम्पूर्ण ग्राहकले बैंकका सबै शाखा कार्यालयबाट रिलायबको बीमालेख खरिद गर्न सक्ने बैंकले जनाएको छ।