काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र जारी गर्न बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धि दुई संस्थाले आज (असार २८ गते) सम्झौता गरेका हुन् ।उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रविण बस्नेत र एनआईबिएल एस क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् ।
विकास बैंकले एक हजार रुपैयाँ अंकित दरका १० लाख कित्ता हुन आउने एक अर्ब रुपैयाँ बराबरको ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८८’ ऋणपत्र जारी गर्न लागेको हो ।
कामना सेवा विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक हो । यस बैंकको संस्थापकहरुमा सरकारी सेवा, विभिन्न संघ संस्थाहरुमा आवद्ध एवं व्यवस्थापनमा राम्रो अनुभव तथा व्यावसायिक दख्खल भएका प्रतिष्ठित व्यवसायीहरु संलग्न छन् । ग्राहकलाई समयसापेक्ष उत्कृष्ट सेवा सुविधाहरु उपलब्ध गराउँदै आइरहेको यस बैंकका हाल १२८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्शन काउन्टर तथा ७० वटा एटीम मार्फत आफ्नो सेवाहरु प्रवाह गर्दै आएको छ ।
FACEBOOK COMMENTS