काठमाण्डौँ — कामना सेवा विकास बैंकले आकर्षक विशेषताहरु सहित नयाँ तिन वटा बचत खाता संचालनमा ल्याएको छ ।
बैंकले “स्वर्णिम सुरक्षित बचत खाता, बैेंङ्कासुरेन्स बचत खाता र रिकरिङ्ग खाता” गरि नयाँ तिन वटा बचत खाता सञ्चालनमा ल्याएको हो ।
बैंकले ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै एक लाख सम्मको औषधि उपचार बीमा र सात लाख सम्मको दुर्घटना बीमा भएको स्वर्णिम सुरक्षित बचत खाता, एक तोला चाँदीको सिक्का उपहार सहितको बैेंङ्कासुरेन्स बचत खाता सञ्चालनमा ल्याएको हो ।
FACEBOOK COMMENTS