काठमाण्डौँ — कामना सेवा विकास बैंक लिमिटेडले भिसा डेविट कार्ड सेवा सुरु गरेको छ ।
बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्यले सेवाको शुभारम्भ गरे ।
बैंकका संचालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले र बलराम बरालको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले अब उपरान्त यस बैंकका ग्राहकहरुले नेपाल, भारत र भुटानमा समेत उक्त भिसा कार्ड प्रयोग गरि कारोबार गर्न सक्ने बताए ।
साथै, भिसा कार्ड सुविधाको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउन सकिने समेत उल्लेख गरे ।
FACEBOOK COMMENTS