काठमाडौं, असोज २१ – भक्तपुरमा कारको ढोका फुटाइ चार लाख रुपैयाँ लुटपाट भएको छ । मध्यपुर ठिमी नगरपालिका २, मनहरा दिव्यश्वरी प्लानिङबाट काठमाडौं बालाजु बस्ने ३० वर्षीय पुरुषको बा.१५च ४०५ नम्बरको कारको ढोका फुटाइ नगद चार लाख रुपैयाँ लुटपाट भएको हो ।
घटनामा संलग्न रहेको आरोपमा लोकन्थली बस्ने सिन्धुपाल्चोक बाह्रबीसे घर भएका ३१ वर्षीय धनबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनको साथबाट अमेरिकी डलर १ को २ सय ९८ वटा, २ को १ वटा, ५० को ३ वटा र १ थान सादा कागजको बिटोसमेत बरामद गरेको छ । साथै उक्त घटनामा संलग्न रहेका उनकै साथी २५ वर्षीय कमल खड्काले लुटपाट गरेको नगद लिई फरार भएकाले प्रहरीले उनको खोजी गरिरहेको छ ।
FACEBOOK COMMENTS