काठमाडौँ — हेटौंडा औद्योगिक क्षेत्रमा धमाधम नयाँ उद्योग थपिन थालेका छन् ।
उद्योग स्थापना गर्न सम्झौता गरी जग्गा मात्र ओगटेर बसेकाहरूलाई औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाहीको चेतावनी दिएपछि उद्योग थपिन थालेका हुन् ।
भौतिक पूर्वाधार निर्माण सकेका उद्योगले उत्पादन गर्न सुरु गरेका छन् भने अन्यले धमाधम भौतिक पूर्वाधार बनाउन थालेका छन् ।
गत कात्तिक महिनामा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले २७ वटा उद्योगलाई कारबाही तथा चेतावनी दिने सूची तयार गरेको थियो ।
जग्गा सम्झौता गरी संरचनासमेत नबनाई बसेका उद्योगहरूले ६ महिनाभित्र उत्पादन थाल्ने गरी काम नगरे सम्झौता खारेज गर्नेसम्मको चेतावनी दिएपछि अहिले धमाधम काम भइरहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख नेपाल भूषण वैद्यले जानकारी दिए ।
— कारोबार
FACEBOOK COMMENTS