अन्जनराज न्यौपाने 
 तनहुँ, ३ जेठ- जिल्ला स्थित बन्दिपुरगाउँपालिका १ नालामा कार र ट्रक एक आपसमा ठोकिँदा तीन जना घाइते भएका छन् । डुम्रेबाट  पोखरा तर्फ  सुत्केरी लिन आउँदै गरेको ग १ च ६१६९ नम्बरको प्राइभेट कारलाई विपरित दिशाबाट गईरहेको ना ७ ख १५८१ नम्बरको मालवाहक ट्रकले  ठक्कर दिँदा सो दुर्घटनामा परि ३ जना घाइते भएका अस्थायी ट्राफिक प्रहरी पोष्ट डुम्रेका  ईन्चार्ज   खेमराज रोकाले जानकारी दिए।
बुधबार बिहान ५ः४५ बजे भएको दुर्घटनामा प्राइभेट कारमा सवार बन्दिपुर गाउँपालिका—३ खहरे बस्ने केयरसिङ कुँवर, सुभाष कुँवर र शैलजा कुँवर घाइते भएका हुन् । घाइते सबैलाई लक्ष्मी अस्पताल डुम्रेमा उपचारका लागि लगिएको छ भने ट्रक चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डुम्रे पोष्टका ट्राफिक ईन्चार्ज रोक्काले  वताए ।
FACEBOOK COMMENTS