काठमाण्डौ – बन्धु समाज नेपाल परिवारले कालिकोट आगलागि पीडितलाई राहत दिन प्रयास शुरु गरिएको जनाइएको छ ।
प्रदेश नं. ६ अन्तर्गत कालिकोट जिल्लाको पलाता गाउँपालिका वडा नम्वर १ खाँडा गाउँमा रहेको न्यौपाने वस्तीमा यही पौष ८ गते राति भिषण आगालागि भई न्यौपाने वडाका ७८ घर ध्वस्त भएको थियो ।
पीडाको यस घडिमा संघीय, प्रदेश र स्थानीय सरकार लगायत सम्बद्ध समाजिक संघ संस्थाहरुमा शिघ्र सहयोगको लागि समेत समाजले आह्वान गरेको छ ।
FACEBOOK COMMENTS