काठमाडौँ, असोज १ – कालीकोट कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ ।
बुधबार जिल्लाको तिलागुफा नगरपालिका– ४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको हो ।
कालीकोट जिल्लाभर १ सय जनामा कोरोना सङ्क्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताए ।
कालीकोटमा हालसम्म ५ हजार ६९० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको र दुई हजार ६६१ जनाको आरडिटी विधिबाट कोरोनाको परीक्षण गरिएकामा १ सय जनामा कोरोना सङ्क्रमण देखिएको निमित्त व्यवस्थापक महतले जानकारी दिए ।
FACEBOOK COMMENTS