काठमाण्डौँ — राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर चार महिनापछि खुलेको छ।
करिडोर अन्तर्गतको रिडी रुद्रवेणी सडक खण्डलाई चार महिनापछि १० मिटर चौडा बनाएपछि सोमवारदेखि उक्त सडक खुलेका हो।
गत बैशाख २० गतेदेखि नेपाली सेनाले खन्न शुरु गरेका उक्त खण्डको ८ किलोमिटरको सडकलाई १० मिटर चौडा पारिएको छ।
सोमवार नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त सडक खण्डको शुभारम्भ गरे।
सो अवसरमा बोल्दै मन्त्री ज्ञवालीले तोकिएकै समयमा नेपाली सेनाले सडक चौडा पार्ने काम सम्पन्न गरेकोमा सेनालार्इ धन्यवाद ज्ञापन गरे।
— नयाँ पत्रिका
FACEBOOK COMMENTS