काठमाण्डौं — सरकारले कालीमाटी तरकारी तथा फलफूल बजारमा देखिएको समस्यालाई समाधान गर्ने भएको छ ।
तरकारी व्यवसायको नाममा एकाधिकार मौलाएको भन्दै सरकारले बजारमा लगातार अनुगमन गरिरहेको छ ।
एकाधिकारका कारण किसान र उपभोक्ता दुवै समस्यामा परेको तथा विचौलियाले मात्रै नाफा कमाइरहेको अवस्थालाई तत्काल सम्बोधन गरिने कृषि तथा पुश पक्षीमन्त्री चक्रपाणि खनालले जानकारी दिए ।
मन्त्रालयमा आइतबार आयोजित मन्त्रालय मातहतका निकायका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा मन्त्री खनालले यसका लागी सरकारले कडाइपूर्वक प्रयास गरिरहेको बताए ।
— कारोबार
FACEBOOK COMMENTS