काठमाडौं, असोज १५ – काठमाडौं महानगरपालिकाले कालोबजारी गर्ने २६ वटा पसललाई कारवाहि गर्न सिफारिस गरेको छ । महानगरपालिकाले विगत २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने २६ वटा पसलहरु भेटिएकाले ती पसलहरुलाई कारवही गर्न सिफारिस गरेको हो ।कोरोना महामारीको मौका छोपेर व्यापारीहरुले उपभोक्ता ठग्ने गरेको गुनासो आएपछि अनुगमनमा गरेको महानगरले उपत्यका भित्रका विभिन्न २२ वटा पसल सञ्चालकलाई कारवाही गर्न वाणिज्य, आपूर्ति तथा उपोभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको हो ।
महानगरपालिकाले काठमाडौंको मुख्य तरकारी तथा फलफूल बजार क्षेत्र कालिकाटि, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरमा अनुगमन गरेको थियो ।महानगरले अनुगमनको क्रममा म्याद गुज्रीएको सामान बेच्ने ११ वटा पसलबाट करीब ११ लाख रुपैयाँ बराबरको सामान बरामद गरी नष्ट गरेको छ । यस्तै, खुद्रा व्यापार गर्ने ७३ वटा पसललाई ७ दिनभित्र दर्ता प्रकियामा आउन पनि निर्देशन दिइएको छ ।
महानगरले २२ दिनको अवधिमा मूल्य र गुणस्तरमा उपोभोक्ता ठगी गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारका २ र बल्खू तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारी कालोबजारीको कसुरमा न्यायिक हिरासतमा रहेको पनि जनाएको छ ।उनीहरुले ४६ रुपैयाँमा खरिद् गरेको प्याज कृत्रिम अभाव सृजना गरी १ सय ३० रुपैयाँमा विक्रिवितरण गरेको पाइएको थियो । प्याजमा कृत्रिम अभाव सृजना गरी कालाबजारी गर्ने व्यापारीहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई समेत ठगी गरेका थिए ।
उनीहरुबाट बरामद गरिएको १३ हजार २ सय ६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमाफर्त प्रति केजी ६० रुपयाँको प्रति व्यक्ति ३ किलोसम्म खरिद् गर्न पाउने गरीे विक्रि गरेको थियो ।
FACEBOOK COMMENTS