काठमाडौं, भदौ २३ – कास्कीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कास्कीको अन्नपुर्ण-१ निवासी ६३ वर्षिया महिलाको बिहान करिव ९ बजे श्री विरेन्द्र अस्पताल, छाउनीमा निधन भएको हो।
ब्रेन टुयुमर तथा मृगौलाको समस्या भई अस्पतालमा उपचाररत महिलामा भाद्र १९ गते कोरोना पुष्टि भएको थियो।
यससँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ। अहिलेसम्म प्रदेशभरबाट १७९७ जनाले कोरोना जितेर घर फर्किएका छन्।