काठमाडौं, कात्तिक २४ – कास्कीमा यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । संक्रमणको दर ह्वात्तै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै देउसीभैलो खेल्न नपाउने बताएको हो ।
नजिकिदै गरेको तिहार, छठ जस्ता चाडमा आवागमन बढ्ने तथा भीडभाडजन्य गतिविधिले थप जोखिम बढाउने भएकाले यस्तो निर्णय लिइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिएका छन् । चाडपर्व मनाउँदा आफू रहेकै ठाउँमा परिवारका सदस्यसँग मात्रै मनाउन पनि प्रशासनले आग्रह गरेको छ । देउसी भैलो, मेलामहोत्सव तथा व्यापारिक केन्द्रमा भीडभाड नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS