काठमाडौं, वैशाख २५ – कास्की प्रहरीले अक्सिजनको १८७ थान खाली सिलिण्डर संकलन गरी अक्सिजन उत्पादन गर्ने कम्पनीलाई हस्तान्तरण गरेको छ । कोरोना संक्रमण तीव्र बनेसँगै अक्सिजन सिलिण्डरको अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर संकलन गर्न थालेको हो ।कास्की जिल्लाअन्तर्गत विभिन्न मेटल कम्पनी, वर्कसप, इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीहरुसँग रहेका अक्सिजन ग्यास सिलिण्डर पछि फिर्ता गर्ने गरी संकलन गरिएको प्रहरीले जनाएको छ ।
संकलित सिलिण्डर पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई हस्तान्तरण गरिएको जानकारी दिइएको छ ।अरु कम्पनी र व्यक्तिसँग भएका अक्सिजन सिलिण्डरहरु अक्सिजन उत्पादन कम्पनीलाई उपलव्ध गराइदिन जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS