काठमाडाैँ, कार्तिक २३ – कोभिड–१९ का कारण मजदुर अभाव हुँदा मुलुकमा ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।
नेपाल इँटा उद्योग व्यवसायी सङ्घका सचिव अरुण प्रधानले राजविराजमा शनिबार आयोजित सप्तरी इँटा उद्योग व्यवसायी सङ्घको पदस्थापन कार्यक्रममा प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदस्थापन गराउँदै प्रधानले कोभिड–१९ का कारण भारतको पश्चिम बङ्गालका मजदुरहरु आउन छाडेकाले उत्पादनमा समस्या भएको बताउनुभयो ।
देशका मजदुरलाई उद्योगका लागि प्रोत्साहन गरे पनि वैदेशिक रोजगारीमा जान रुचाउने र दक्ष, अनुभवी एवं सीपयुक्त मजदुर नहुने कारणले भारतको पश्चिम बङ्गालको मजदुरको भर पर्नुपरेको उहाँले बाध्यता सुनाउनुभयो ।
FACEBOOK COMMENTS