काठमाडौं, कात्तिक १७ – आइपिएल २०२० को प्लेअफमा पुग्ने कोलकता नाइटराइडर्सले सम्भावना जीवितै राखेको छ । आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ६० रनले पराजित गर्दै कोलकताले अन्तिम चारमा रहने सम्भावना कायमै राखेको हो ।
शनिबार दुबईमा भएको अन्तिम खेलमा जित हात पारेसँगै कोलकता १४ अंक जोडेर चौथो स्थानमा पुगेकाे छ । राजस्थानले भने १२ अंकसहित पुछारमा रहेर सिजन अन्त्य गर्न बाध्य भयो।
अन्तिम खेलअघि शीर्ष स्थानको मुम्बईले १८ अंक जोडेर शीर्ष दुईमा रहने पक्का गरिसकेको छ।
FACEBOOK COMMENTS