काठमाडौं– मंसिर महिनामा देशैभर घरजग्गाको कारोबार बढेको सरकारी तथ्यांकले देखाएको छ।
भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिर महिनामा घरजग्गाको कारोबारमा सुधार भएकाले राजस्व समेत बढेको छ।
सरकारले कृषियोग्य जमीन खण्डीकरण गर्न रोकेपनि अशवण्डा मुद्दा, नयाँ बाटो लगायतका रणनीति बनाएर जग्गाको कित्ताकाट भइरहेको छ। यही कारण जग्गाको कारोबार बढेको हो।
उपत्यकामा मंसिरमा ८१ करोड रुपैयाँ घरजग्गाको राजस्व संकलन भएको छ। गत वर्षको मंसिरमा भने ६९ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको थियो
यो वर्ष देशभरका १ सय ११ वटा मालपोत कार्यालयबाट एक अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत मंसिरमा भने १ सय २१ वटा मालपोत कार्यालयबाट एक अर्ब ४१ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको थियो। देशभर १३१ वटा मालपोत कार्यालय छन्।
FACEBOOK COMMENTS