फिल्म । भारतीय फिल्मनगरीमा खुंखार भिलेन भनेर चिनिने अभिनेता किरण कुमारलाई कोरोना भाइरस (कोभिड १९) भएको छ । उनको परिक्षण गराएपछी रिपोर्ट पोजेटिभ आएको हो । उनले गत १४ मेमा आफ्नो परिक्षण गराएका थिए । रिपोर्ट पोजेटिभ आउने वितिकै उनले परिवारलाई छाडेर सेल्फ आइसोलेसनमा बस्न थालेका छन् । ‘म दुइ फ्लोरमा बस्छु । त्यसैले अहिले एक फ्लोरमा म एक्लै छु भने अर्कोमा परिवार छन्’ किरणले भने ।
उनले आफुले पौष्टिक खाना खाइरहेको र आफु स्वस्थ्य रहेको समेत बताएका छन् । ‘कोरोना भाइरसलाई हामीले आत्मबलले जित्न सक्छौ । मलाइ कुनै लक्षण थिएन तर मैले जाँच गराएपछि पोजेटिभ आयो’ किरणले भने । पछिल्लो समय टेलिभिजनमा व्यस्त किरण ९० को दशकमा फिल्ममा व्यस्त थिए । उनले प्राय भिलेनको भूमिका निर्वाह गरेका छन् । उनको टेस्ट यसै हप्ता गरिने समेत उनले बताएका छन् । (एजेन्सी)
FACEBOOK COMMENTS