काठमाडौं, चैत २१ – नेपाली सेनाका गजेन्द्र राई र एपीएफ क्लबकी पुष्पा भण्डारी प्रथम किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा पहिलो भएका छन्।
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको पुरुषमा गजेन्द्रले निर्धारित दूरी १ घण्टा ६ मिनेट ५१ सेकेन्डमा पूरा गरे। शनिबार भएको प्रतियोगितामा गजेन्द्रसहित शीर्ष पाँच स्थानमा सेनाकै खेलाडी रहे।
१ घण्टा ७ मिनेट २० सेकेन्डमा खगेन्द्र भाट, १ घण्टा ९ मिनेट ३९ सेकेन्डमा रामजी बस्नेत, १ घण्टा १० मिनेट २९ सेकेन्डमा देवराज बस्नेत र १ घण्टा ११ मिनेट ४३ सेकेन्डमा जितेन्द्र अधिकारी दनुवारले क्रमशः दोस्रोदेखि पाँचौ स्थानमा दौड टुंगाए।
FACEBOOK COMMENTS