काठमाडौं, चैत ३० – कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ ।मस्तिष्कघात भएपछि वयोधा अस्पतालमा उपचाररत उनको आइतबार साँझ निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए ।
सोमबार उनलाई श्रद्धाञ्जली दिइने र नगरपरिक्रमासहित अन्तिम संस्कार गरिने मेयर महर्जनले बताए ।माली नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्यसमेत हुन् ।
FACEBOOK COMMENTS